नियम १२
प्रतिवेदन

(१) नियम ३ र ४ बमोजिम निरीक्षण, जा“चबुझ वा खानतलासी गरी सकेपछि निरीक्षकले काम सकिएको मितिले तीन दिनभित्र व्यवस्थापक समक्ष लिखित प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरेको प्रतिवेदनमा निरीक्षकले खास गरी देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ :–
(क) त्यस्तो निरीक्षण, जाचबुझ र खानतलासी गर्नु परेको ठाउ तथा कारण,
(ख) त्यस्तो ठाउमा के कस्तो औषधि फेला परेको तथा सो औषधिसँग सम्बन्धित के कस्तो सामग्री, औजार तथा साधन
प्रयोग भएको छ र के कस्तो फर्मासिष्ट, व्यवसायी तथा व्यक्तिहरु त्यस्तो औषधिको उत्पादन बिक्री वितरण, परिवहन र
सञ्चय गर्नमा लागेका छन् ,
(ग) फेला परेको औषधि रोक्का वा कब्जा गर्नु परेकोमा त्यसरी रोक्का वा कब्जा गर्नु परेको कारण,
(घ) औषधिको नमूना लिनु परेकोमा सो लिनु परेको कारण,

(ङ) औषधि रोक्का राख्दा वा औषधिको नमूना लिंदा के कति औषधि कुन रुपमा भाडोमा राखी सीलबन्दी गरिएको छ र त्यस्तो भाडो के कति कामको लागि कस–कसलाई दिएको छ ।