नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ ।
(ख) “निकुञ्ज” भन्नाले खप्तड राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ ।
(ग) “संरक्षक” भन्नाले निकुञ्जको प्रशासनको अभिभारा भएको निकुञ्जको मुख्य अधिकृत सम्झनु पर्छ ।
(घ) “सहायक संरक्षक” भन्नाले निकुञ्जको सहायक संरक्षक सम्झनु पर्छ ।
(ङ) “धार्मिक क्षेत्र” भन्नाले खप्तड राष्ट्रिय निकुञ्जभित्रको कुनै क्षेत्रमा सिमाङ्कन गरी धार्मिक क्षेत्र भनी छुट्याइएको क्षेत्र सम्झनु पर्छ ।
(च) “स्थानीय व्यक्ति” भन्नाले निकुञ्जको क्षेत्रले घेरिएको वा निकुञ्जसँग जोडिएको गाउँमा स्थायी बसोबास गरेको व्यक्ति सम्झनु पर्छ ।
(छ) “विभाग” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्झनु पर्छ ।