दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “खर्क जग्गा” भन्नाले अड्डा खानामा दर्ता गराइ वा नगराइ खर्क, खर्कचोक आदि कुनै नामले पशुचरनलाई मात्र प्रयोग गरी आएको जग्गालाई सम्झनुपर्छ ।
(ख) “दर्तावाला” भन्नाले प्रचलित नेपाल कानूनबमोजिम नेपाल सरकारमा मालपोत वा खर्चरी रकम तिर्नु पर्ने गरी आफ्नोनाममा वा सामुहिक रूपले खर्क जग्गा दर्ता गरी सो दर्ताको नाताले खर्क जग्गामा हक हुने व्यक्ति वा व्यक्तिहरू सम्झनुपर्छ ।
(ग) “माल कार्यालय” भन्नाले माल कार्यालय रहेको ठाउँमा माल कार्यालय र सो नरहेको ठाउँमा भूमि प्रशासन कार्यालयलाई सम्झनुपर्छ ।