विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “उजुरी” भन्नाले ऐनको दफा ४ को उपदफा (१) वा दफा ५ को उपदफा (२) बमोजिम परेको उजुरी सम्झनु पर्छ ।
(ख) “उजुरीकर्ता” भन्नाले उजुरी दिने व्यक्ति सम्झनु पर्छ ।
(ग) “उजुरी सुन्ने निकाय” भन्नाले प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, स्थानीय निकाय वा अदालत सम्झनु पर्छ ।
(घ) “ऐन” भन्नाले घरेलु हिंसा (कसुर र सजाय ) ऐन, २०६६ सम्झनु पर्छ ।
(ङ) “मन्त्रालय” भन्नाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सम्झनु पर्छ ।
(च) “समिति” भन्नाले नियम १३ बमोजिमको सेवा कोष व्यवस्थापन तथा सञ्चालन समिति सम्झनु पर्छ ।
(छ) “स्वास्थ्य केन्द्र” भन्नाले अस्पताल, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी समेत सम्झनु पर्छ ।
(ज) “सेवा केन्द्र” भन्नाले ऐनको दफा ११ बमोजिम स्थापना भएको सेवा केन्द्र सम्झनु पर्छ ।
(झ) “सेवा कोष” भन्नाले ऐनको दफा १२ को उपदफा (१) बमोजिम स्थापना भएको सेवा कोष सम्झनु पर्छ ।