नियम
परिभाषा

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “संविधानसभा सदस्य” भन्नाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ को उपधारा (३) मा व्यवस्था भए बमोजिमका संविधानसभा सदस्य सम्झनु पर्छ ।

(ख) “कार्यक्रम” भन्नाले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सो अन्तर्गत सञ्चालन हुने आयोजना, योजना समेत सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले स्थानीय विकास मन्त्रालय सम्झनु पर्छ ।
(घ) “सचिव” भन्नाले जिल्ला विकास समितिको सचिव सम्झनुपर्छ ।
(ङ) “उपभोक्ता समिति” भन्नाले स्थानीय स्तरमा सञ्चालन हुने भनी नेपाल सरकार वा अन्य निकायले निर्धारण गरेको कार्यक्रमबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूले  त्यस्तो कार्यक्रमको सञ्चालन र मर्मत सम्भार गर्न आफूहरूमध्येबाट छानिएका व्यक्तिहरू रहने गरी द्दसम्बन्धित संसद सदस्य वा निजको प्रतिनिधि वा सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाको प्रतिनिधिको रोहवरमा गठन गरेको समिति सम्झनु पर्छ ।