दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको न्यायिक कोष सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ७ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।