दफा २
परिभाषा
२. परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,
(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित मनकामना क्षेत्र विकास समिति सम्झनु पर्छ ।
(ख) “मनकामना क्षेत्र” भन्नाले गोरखा जिल्ला अन्तर्गत देहायका गाउँ विकास समितिभित्र रहेका स्थानहरू सम्झनु पर्छ ः–
० मनकामना गाउँ विकास समितिका सबै वडाहरू ।
० वकाङ गाउँ विकास समितिका सबै वडाहरू ।
० ताक्लुङ गाउँ विकास समितिका सबै वडाहरू ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेत जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।