विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कर” भन्नाले यस ऐन बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर सम्झनु पर्छ ।
(ख) “कारोबार” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने कार्य सम्झनु पर्छ ।
(ग) “कर लाग्ने कारोबार” भन्नाले दफा ५ को उपदफा (१) मा उल्लिखित कारोबार सम्झनु पर्छ ।
(घ) “कर लाग्ने मूल्य” भन्नाले कुनै वस्तु वा सेवाको सम्बन्धमा दफा १२ र १२क. बमोजिम कायम गरिने मूल्य सम्झनु पर्छ।
(ङ) “वस्तु” भन्नाले चल वा अचल दुबै किसिमको सम्पत्ति सम्झनु पर्छ ।
(च) “सेवा” भन्नाले वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्छ ।
(छ) “आपूर्ति” भन्नाले प्रतिफल लिई वा नलिई कुनै वस्तु वा सेवा बिक्री विनिमय हस्तान्तरण गर्ने कार्य वा तत्सम्बन्धी अनुमति दिने वा ठेक्का पट्टा गर्ने कार्य सम्झनु पर्छ ।
(ज) “प्रतिफल” भन्नाले वस्तु वा सेवाको आपूर्ति गर्दा त्यसको मूल्य बापत प्राप्त हुने कुनै पनि कुरा सम्झनु पर्छ ।
(झ) “आयात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल ……………. भित्र पैठारी गर्ने कार्य सम्झनु पर्छ ।
(ञ) “निर्यात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल बाहिर वा निर्यात गृह वा विशेष आर्थिक क्षेत्रमा निर्यात गर्ने कार्य सम्झनु पर्छ ।
(ट) “बजार मूल्य” भन्नाले दफा १३ बमोजिम निर्धारित मूल्य सम्झनु पर्छ ।
(ट१) “विद्युतीय माध्यम” भन्नाले कम्प्यूटर इन्टरनेट इमेल फ्याक्स विद्युतीय क्यास मेशिन (इलेक्ट्रोनिक क्यास रजिष्टर) फिस्कल प्रिन्टर जस्ता माध्यम सम्झनु पर्छ र सो शब्दले विद्युतीय भुक्तानीको माध्यम तथा विभागले तोकेको त्यस्तै प्रकृतिका अन्य माध्यम समेतलाई जनाउँछ ।
(ट२) "विद्युतीय सेवा" भन्नाले उपभोक्तालाई सेवा प्रदान गर्नका लागि सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रूपमा इन्टरनेट मार्फत प्रदान हुने देहाय बमोजिमका सेवालाई सम्झनु पर्छः-
(क) विज्ञापन सेवा,
(ख) चलचित्र, टेलिभिजन, सङ्गीत, ओभर द टप ओ.टि.टि. र सदस्यतामा - आधारित यस्तै अन्य सेवा,
(ग) तथ्याङ्क सङ्ग्रह सम्बन्धी सेवा,
(घ) क्लाउड सेवा,
(ङ) गेमिङ्ग सेवा,
(च) मोबाइल एप्लिकेशन सम्बन्धी सेवा,
(छ) इन्टरनेट बजार स्थान सम्बन्धी अनलाइन मार्केट प्लेस सेवा र यस मार्फत उपलब्ध गराइने सेवा,
(ज) सफ्टवेयरको आपूर्ति र अच्चयावधीकरण,
(झ) तथ्याङ्क, तस्बीर लगायतका डाउनलोड सेवा,
(ज) परामर्श, सीप विकास तथा तालिम सेवा,
(ट) खण्ड (क) देखि (ज) को अतिरिक्त अन्य यस्तै प्रकृतिका सेवा ।
(ठ) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति फर्म कम्पनी संघ संस्था साझेदारी संस्था सहकारी संयुक्त व्यवसाय गुठी वा कोष सम्झनु पर्छ र सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई कर लाग्ने कारोबारमा संलग्न रहेको सरकारी निकाय धार्मिक संगठन परोपकारी संस्था वा त्यस्तै अन्य निकाय र तिनका शाखा वा उपशाखालाई समेत जनाउँछ ।
(ड) “दर्ता भएको व्यक्ति” भन्नाले दफा १० बमोजिम कारोबार गर्न दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।
(ड१) "गैरबासिन्दा व्यक्ति" भन्नाले नेपालमा कारोबारको स्थायी ठेगाना नभएको, व्यावसायिक प्रतिनिधि वा कानूनी रूपमा मान्य प्रतिनिधि नभएको नेपाल बाहिरको व्यक्ति सम्झनु पर्छ।
(ढ) "दर्ता नम्बर" भन्नाले दफा १०, १.०क, १०ख. र १०ख१. बमोजिम प्रदान गरिएको दर्ता नम्बर सम्झनु पर्छ।
(ण) “आपूर्तिकर्ता” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने व्यक्ति सम्झनु पर्छ ।
(त) “प्रापक” भन्नाले कुनै वस्तु वा सेवा ग्रहण गर्ने व्यक्ति सम्झनु पर्छ ।
(थ) “करदाता” भन्नाले यस ऐन बमोजिम कर लाग्ने कारोबारमा संलग्न भएको व्यक्ति वा कर बुझाउनुपर्ने दायित्व भएको व्यक्ति सम्झनु पर्छ ।
(थ१)“कर अवधि” भन्नाले करदाताले दफा १८ बमोजिम कर विवरण पेश गर्नु पर्ने अवधि सम्झनु पर्छ ।
(द) “विभाग” भन्नाले आन्तरिक राजस्व विभाग सम्झनु पर्छ ।
(ध) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(न) “कर अधिकृत” भन्नाले नेपाल सरकारले नियुक्त गरेको कर अधिकृत वा प्रमुख कर अधिकृत वा प्रमुख कर प्रशासक सम्झनु पर्छ र सो शब्दले विभागका शाखा अधिकृत निर्देशक उप-महानिर्देशक वा यस ऐन बमोजिम कर अधिकृतको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले तोकेको अन्य कुनै अधिकृतलाई समेत जनाउँछ।
(प) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।