दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्रसारण” भन्नाले इसारा, आवाज, आकृति, तस्वीर वा अन्य यस्तै प्रकारबाट आम जनताले जानकारी पाउन सक्ने गरी पठाइने रेडियो सञ्चार सेवा सम्झनु पर्छ ।
(ख) “कार्यक्रम” भन्नाले श्रव्य वा श्रव्यदृश्यको माध्यमद्वारा प्रसारण हुने जुनसुकै किसिमको कार्यक्रम सम्झनु पर्छ ।
(ग) “फ«ीक्वेन्सी मोडुलेशन प्रसारण प्रणाली” भन्नाले फ्रीक्वेन्सी मोडुलेशन प्रसारण प्रविधि प्रयोग गरी प्रसारण संस्थाले रेडियो वा टेलिभिजन प्रविधिकालागि तोकिएको च्यानलबाट गरिएको प्रसारण सम्झनु पर्छ ।
(घ) “इजाजतपत्र” भन्नाले कुनै कार्यक्रमको प्रसारण गर्नको लागि दफा ६ बमोजिम दिइने प्रसारण इजाजतपत्र वा फ«ीक्वेन्सी मोडुलेशन प्रसारण प्रणालीको स्थापना गरी प्रसारण गर्न दिइने इजाजतपत्रलाई समेत जनाउँछ ।
(ङ) “प्रसारण संस्था” भन्नाले यस ऐनबमोजिम कार्यक्रम प्रसारण गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ ।
(च) “स्याटेलाइट” भन्नाले विभिन्न प्रसारण सामग्री प्राप्त गर्न वा अन्यत्र पठाउनको लागि अन्तरिक्षमा अवस्थित भू–उपग्रह सम्झनु पर्छ ।
(छ) “केबुल” भन्नाले कुनै निश्चित प्रसारण केन्द्रबाट तारको माध्यमद्वारा प्रसारण सामग्रीहरू विभिन्न ग्राहक, सदस्य वा उपभोक्ता समक्ष पु¥याउने प्रविधि सम्झनु पर्छ ।
(ज) “भू–उपग्रह प्रसार केन्द्र (अर्थ स्टेशन)” भन्नाले स्याटेलाईट मार्फत प्रसारण कार्यक्रम आदान प्रदान गर्न पृथ्वीको धरातलमा स्थापना गरिने केन्द्र (स्टेशन) सम्झनु पर्छ ।
(झ) “प्रसारक” भन्नाले प्रसारण संस्थाबाट प्रसारण हुने कार्यक्रम वाचन गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्यक्रम तयार गर्ने तथा सम्पादन गर्ने व्यक्तिलाई समेत जनाउनेछ ।
(ञ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।