दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचार संहितामा,—
(क) “आयोग” भन्नाले नेपाल कानुन आयोग ऐन, २०६३ बमोजिम गठन भएको नेपाल कानुन आयोग सम्झनु पर्छ ।
(ख) “पदाधिकारी” भन्नाले नेपाल कानुन आयोगको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य सम्झनु पर्छ र सो शब्दले सदस्य सचिव समेतलाई जनाउँछ ।