दफा २३
पूर्वसजगता
 पदाधिकारीले आफ्नो कार्य सम्पादन गर्दा देहायको विषयमा पूर्वसजगता अपनाई गंभीर र सावधानीपूर्वक आफ्नो ज्ञान, सीप र विवेकको प्रयोग गर्नु पर्नेछ ।
(क) संवैधानिक सर्वोच्चताःपदाधिकारीले देशको मूल कानुन संवैधानिक सर्वोच्चतालाई स्वीकार गरी आफ्नो कार्य सम्पादन गर्नु पर्छ ।
(ख) कानुनको शासनःपदाधिकारीले कानुनभन्दा माथि कोही हुँदैन, कानुनको अगाडि बै समान हुन्छन् र कानुनबमोजिम मात्र शासन सञ्चालन गर्नु पर्छ भन्ने कानुनको शासनको मूल अभिप्रायलाई ह्दयगंगम गरेर आफ्नो कार्य सम्पादन गर्नु पर्छ ।
(ग) अन्तर्राष्ट्रिय कानुन, महासन्धि तथा राज्यले व्यक्त गरेको प्रतिवद्धताः पदाधिकारील अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय महासन्धिका प्रावधान र राज्यले त्यस विषयमा
व्यक्त गरेको प्रतिवद्धतालाई मनन गरेर आफ्नो कार्य सम्पादन गर्नु पर्छ ।
(घ) समस्याको पहिचान र तार्किक निष्कर्षः पदाधिकारीले आफ्नो कार्य सम्पादनको क्रममा समस्याको जडको पहिचान गरी वृहत छलफल र विचारको आदान
प्रदानको माध्यमबाट तार्किक निष्कर्षमा पुगी समस्याको समाधान तर्फ अग्रसर हुनु पर्छ ।
(ङ) कानुन र न्यायका सामान्य सिद्धान्तःपदाधिकारीले आफ्नो कार्य सम्पादनको क्रममा कानुन र न्यायका सामान्य सिद्धान्तलाई चिन्तन र मनन् गर्नु पर्छ ।