दफा २
परिभाषा
:विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “राष्ट्रिय सुरक्षा परिषद्” भन्नाले नेपालको संविधानको धारा २६६ बमोजिमको राष्ट्रिय सुरक्षा परिषद्सम्झनु पर्छ ।
(ख) “केन्द्रीय सुरक्षा समिति” भन्नाले दफा ७ बमोजिमको केन्द्रीय सुरक्षा समिति सम्झनु पर्छ ।
(ग) “सशस्त्र प्रहरी सेवा” भन्नाले दफा ३ बमोजिम गठित सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको सेवा सम्झनु पर्छ ।
(घ) “सशस्त्र प्रहरी” भन्नाले सशस्त्र प्रहरी सेवामा नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(ङ) “सशस्त्र प्रहरी अधिकृत” भन्नाले सशस्त्र प्रहरी सहायक निरीक्षक र सोभन्दा माथिको दर्जाको सशस्त्र प्रहरी अधिकृत सम्झनु पर्छ ।
(च) “राजपत्राङ्कित अधिकृत” भन्नाले सशस्त्र प्रहरी निरीक्षक र सो भन्दा माथिको दर्जाको सशस्त्र प्रहरी अधिकृत सम्झनु पर्छ ।
(छ) “आयोग” भन्नाले दफा ११ बमोजिम गठित सशस्त्र प्रहरी सेवा आयोग सम्झनु पर्छ ।
(ज) “अख्तियारवाला” भन्नाले दफा १३ बमोजिम नियुक्ति गर्न सक्ने अधिकारी सम्झनु पर्छ ।
(झ) “अन्य प्रहरी” भन्नाले प्रहरी ऐन, २०१२ अन्तर्गतको प्रहरी सम्झनु पर्छ ।
(ञ) “सशस्त्र प्रहरी विशेष अदालत” भन्नाले दफा २८ वा दफा २९ बमोजिम गठित सशस्त्र प्रहरी विशेष अदालत सम्झनु पर्छ ।
(ट) “सशस्त्र विद्रोह” भन्नाले कसैले हातहतियार प्रयोग गरी नेपालराज्यको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, संघीय इकाईबीचकोसम्बन्ध वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गर्ने वा नेपाल को सत्ता पल्टाउने वा नेपालको कार्य सञ्चालनमा बाधा विरोध उत्पन्न गर्ने उद्देश्यले गरिने कार्यलाई सम्झनु पर्छ ।
(ठ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।