दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)   “आयोग” भन्नाले संविधानको धारा २८६ को उपधारा (१) बमोजिम गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोग सम्झनु पर्छ ।

(ख)   “प्रतिनिधि सभा”भन्नाले संविधानको धारा ८४ बमोजिम गठन हुने प्रतिनिधि सभा सम्झनु पर्छ ।

(ग)   “प्रदेश सभा” भन्नाले संविधानको धारा १७६ बमोजिम गठन हुने प्रदेश सभा सम्झनु पर्छ।

(घ)   “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।