दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अनुमतिपत्र” भन्नाले दफा ९ बमोजिमको खाद्य व्यवसाय: अनुमतिपत्र सम्झनु पर्छ।
(ख) “कार्यालय” भन्नाले विभाग मातहतका कार्यालय सम्झनु पर्छ।
(ग) "खाद्य निरीक्षण अधिकारी" भन्नाले दफा २८ बमोजिमको खाद्य निरीक्षण अधिकारी सम्झनु पर्छ।
(घ) "खाद्य पदार्थ" भन्नाले साधारणतः मानिसले उपभोग गर्ने अप्रशोधित, अर्धप्रशोधित वा प्रशोधित खाद्य वा पेय पदार्थ, त्यसमा प्रयोग गरिने पोषक तत्त्व, खाद्य योगशील (फुड एडिटिभ) वा मरमसला सम्झनु पर्छ र सो शब्दले आहारपूरक खाद्य पदार्थ, प्याकेजिङ्ग गरिएको प्रशोधित पिउने पानी, मदिराजन्य पेय पदार्थ, चुइगम र बवलगमलाई समेत जनाउँछ।
(ङ) "खाद्य प्रयोगशाला” भन्नाले दफा २७ बमोजिमको प्रयोगशाला सम्झनु पर्छ।
(च) "खाद्य योगशील" भन्नाले खाद्य पदार्थको रूपमा सिधै उपभोग नगरिने खाद्च पदार्थको रङ्ग, बास्ना, स्वाद कायम राख्न वा बढाउन तथा अन्य अपेक्षित गुण हासिल गर्न खाद्य पदार्थको उत्पादन, प्रशोधन तथा संरक्षण गर्दा निर्धारित मापदण्ड अनुसार: साधकको रूपमा प्रयोग गरिने स्वीकृत उपभोगयोग्य पदार्थ सम्झनु पर्छ।
(छ) "खाद्य व्यवसाय” भन्नाले व्यावसायिक वा सार्वजनिक प्रयोजनको लागि खाच्च पदार्थको उत्पादन, -प्रशोधन, तयारी, प्याकेजिङ्ग, सञ्चय, बिक्री वितरण, निकासी वा पैठारी गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले खाद्य पदार्थको उत्पादन, प्रशोधन, तयारी वा प्याकेजिङ्ग गरी कुनै स्थान वा भवनमा रहेर वा सडकमा घुमिफिरी वा विद्युतीय प्रणाली प्रयोग गरी अनलाइन मार्फत बिक्री वितरण गर्ने कार्यलाई समेत जनाउँछ।
(ज) “खाद्य व्यवसायी” भन्नाले खाद्य व्यवसाय गर्ने व्यक्ति सम्झनु पर्छ।
(झ) “खाद्य स्वच्छता” भन्नाले खाद्य पदार्थ तयारी तथा उपभोग (इन्टेन्डेड युज) गर्दा मानव स्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहेको अवस्था सम्झनु पर्छ।
(ज) "खाच्च स्वच्छता व्यवस्थापन प्रणाली” भन्नाले खाद्य व्यवसायमा खाच्च स्वच्छता कायम गर्नको लागि आवश्यक रहेका असल उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरिङ्ग . प्राक्टिस), असल सरसफाइ अभ्यास (गुड: हाइजिनिक प्राक्टिस), हानि विश्लेषण तथा संवेदनशील बिन्दु नियन्त्रण (हाजार्ड एनालाइसिस एन्ड क्रिटिकल कन्ट्रोल प्वाइण्ट) प्रणाली सम्झनु पर्छ र सो शब्दले खाच व्यवसायमा खाद्य स्वच्छता व्यवस्थापनको लागि तोकिएको यस्तै अन्य अभ्यासलाई समेत जनाउँछ।
(ट) "खाद्य.श्रङखला" भन्नाले खाध पदार्थ उपभोक्ता समक्ष पुस्याउनको लागि कुनै वस्तु, स्रोत, साधन वा क्रियाकलापको समन्वयात्मक रूपमा प्रयोग गरी गरिने खाद्य पदार्थ उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी, बिक्री वा वितरण सम्बन्धी सेवा प्रवाहको श्रङ्खला सम्झनु पर्छ।
(ठ) "गुणस्तर" भन्नाले कुनै खाद्य पदार्थका लागि तोकिएको चारित्रिक गुण, स्तर, मात्रा, परिधि तथा स्वच्छता सम्बन्धी स्तर सम्झनु पर्छ।
(ड) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ढ) "पहिचान पद्धति (ट्रेसियाबिलिटि)" भन्नाले खा पदार्थको उत्पादन, प्रशोधन, सञ्चय, निकासी, पैठारी तथा बिक्री वितरणका चरणहरूमा खाद्य पदार्थको अवस्थाको क्रमलाई पछ्याउने विवरणको पद्धति सम्झनु पर्छ।
(ण) "प्याकेजिङ्ग" भन्नाले खाद्य पदार्थलाई कुनै कन्टेनर, क्यान, बोटल, कार्टुन, बाकस, केज, बोरा, झिल्ली, प्लाष्टिक वा यस्तै अन्य वस्तुमा बेर्ने, पोका पार्ने, बिर्को बन्द गर्ने, राखे वा छोप्ने कार्य सम्झनु: पर्छ।
(त) “प्रशोधन सहयोगी (प्रोसेसिङ् एड)” भन्नाले प्रत्यक्ष खा सम्मिश्रणका रूपमा प्रयोग नभई खाद्य प्रशोधन वा उपचार जस्ता प्राविधिक प्रयोजनलाई सहजीकरण गर्न प्रयोग गरिने यान्त्रिक उपकरण बाहेकका सहयोगी पदार्थ सम्झनु पर्छ।
(थ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्झनु पर्छ।
(द) “महानिरदेशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।
(ध) “लेबल” भन्नाले खाद्य पदार्थ प्याकेजिङ्ग गरिएको भाँडो, प्याकेट वा कन्टेनरको आवरणमा टाँसिएको, लेखिएको, छापिएको, लिथो गरिएको, चिह्व लगाइएको, कुँदिएको, इम्बोस गरिएको, समावेश गरिएको वा अन्य कुनै किसिमले राखिएको जानकारी वा विवरण उल्लेख गरिएको बारकोड, क्यूआर कोड, ट्याग, चिह्वृ, तस्विर वा अन्य त्यस्तै किसिमका सङ्केत वा विवरण सम्झनु पर्छ ।
(न) "विभाग" भन्नाले खाद्य प्रविधि, तथा गुण नियन्त्रण विभाग सम्झनु पर्छ ।
(प) “समिति” भन्नाले दफा ५ बमोजिमको खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति सम्झनु पर्छ।
(फ) “सम्मिश्रण” भन्नाले_खाच्च- पदार्थको उत्पादन वा तयारीमा कच्चा पदार्थको रूपमा प्रयोग भएका खाचध पदार्थ, पोषक तत्त्व, खाद्य योगशील र मरमसला: जस्ता वस्तु सम्झनु पर्छ।
(ब) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।
(भ) “सेवाप्रदायक” भन्नाले होटेल, मोटेल, लज, रेष्टरेण्ट, रिसोर्ट वा बार सम्झनु पर्छ र सो शब्दले खाने वा पिउने सेवा प्रदान गर्ने क्याटरिङ्ग, क्याण्टिन, भोजनालय, मिठाई पसल, चिया पसल, चमेना गृह वा यस्तै अन्य कुनै नामबाट खाद्य व्यवसाय सेवा प्रदान गर्ने व्यक्ति सम्झनु पर्छ।