नियम ६४
बचाउ
(१) कञ्चनजङ्घा संरक्षण क्षेत्रमा संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावली,२०५७ बमोजिम गठन भएका उपभोक्ता समूह, उपभोक्ता समिति र संरक्षण क्षेत्र व्यवस्थापन परिषद्् एवं सो नियमावली बमोजिम भए गरेका काम कारबाही यो नियमावली लागू भएपछि यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
(२) उपनियम (१) मा उल्लिखित नियमावली बाहेक प्रचलित कानून बमोजिम संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा उपयोग वा व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल सरकारबाट कुनै अनुमति लिएको भएमा अनुमतिको म्यादसम्म सोही अनुमति बमोजिम र सो को म्याद समाप्त भएपछि यस नियमावली बमोजिम हुनेछ ।