दफा
रकमान्तर
(१)विनियोजन ऐनमा तोकिएको कुनै शीर्षकमा रकम नपुग भएमा सो नपुग भएको रकम सोही ऐनमा तोकिएको कुनै एक वा एक भन्दा बढी शीर्षकमा बचत हुने भएमा विनियोजन ऐनमा तोकिएको सीमाभित्र रही एक शीर्षकबाट अर्को शीर्षकमा अर्थ मन्त्रालयले
रकमान्तर गर्न सक्नेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक उपशीर्षकहरूको रकमान्तर सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।