दफा ७
लेखापरीक्षण
७. लेखापरीक्षण
(१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) समितिको आर्थिक प्रशासन सम्बन्धी अन्य व्यवस्था समितिले बनाएको नियममा तोकिए बमोजिम हुनेछ ।
(३) समितिको लेखापरीक्षण प्रचलित कानुन बमोजिम हुनेछ ।
(४) नेपाल सरकारले चाहेमा जुनसुकै बखत समितिको हिसाव किताव जाँच्न जचाउन सक्नेछ ।