नियम १७
विघटन

(१) नेपाल सरकारले आवश्यक देखेमा कोषमा विघटन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कोषको विघटन भएमा कोषमा रहेको नगदी, जिन्सी तथा अन्य सम्पत्तिमा नेपाल सरकार र सदस्यता प्राप्त बीमकबीच समान अधिकार हुनेछ । त्यस्तो अधिकार अन्तर्गत सदस्यता प्राप्त बीमकको सम्मत्तिमा सदस्यता प्राप्त सबै बीमकले लगानी गरेको बीज राशिको आधारमा समानुपातिक हिसाबले भाग लगाइ लिन पाउने छन् ।