विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको आकस्मिक बीमा कोष सम्झनु पर्छ ।
(ख) “जोखिम समूह” भन्नाले हुलदङ्गा, हडताल, नागरिक उपद्रव, द्वेषपूर्ण तथा आतङ्कवाद जस्ता क्रियाकलापबाट हुन सक्ने क्षतिको विरुद्ध सुरक्षा प्रदान गरिने जोखिम सम्झनु पर्छ ।
(ग) “बीमा समिति” भन्नाले बीमा ऐन, २०४९ को दफा ३ को उपदफा (१) बमोजिम गठन भएको बीमा समिति सम्झनु पर्छ ।
(घ) “सञ्चालक समिति” भन्नाले नियम ९ बमोजिम गठन भएको कोषको सञ्चालक समिति सम्झनु पर्छ ।
(ङ) “सदस्यता प्राप्त बिमक” भन्नाले नियम ४ बमोजिम कोषको सदस्यता प्राप्त गरेको बीमक सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष तथा कोष प्रबन्धक समेतलाई जनाउँछ ।
(छ) “कोष प्रबन्धक” भन्नाले नियम १५ बमोजिम नियुक्त भएको कोषको प्रबन्धक सम्झनु पर्छ ।
(ज) “आर्थिक वर्ष” भन्नाले प्रत्येक वर्षको श्रावण महिनाको १ गतेदेखि आषाढ महिनाको मसान्तसम्मको अवधि सम्झनु पर्छ ।