दफा
व्याख्या

यो ऐनको प्रयोजनको निमित्त –
(क) कुनै हुलाक वस्तु हुलाक अड्डामा बुझाइएको समयदेखि सो वस्तु
ठेगानावालालाई बुझाइएको वा प्रेषकलाई फिर्ता बुझाइएको वा दफा ७ अन्तर्गत
कारवाई गरिएको समयसम्म हुलाकद्वारा चलान गरिंदाको अवस्थामा रहेको
मानिनेछ ।
(ख) कुनै किसिमको हुलाक वस्तुलाई कुनै हुलाक अड्डाको सो कामको निमित्त
अधिकार पाएको व्यक्तिलाई बुझाएपछि सो वस्तु सो हुलाक अड्डामा बुझाएको
मानिनेछ ।
(ग) कुनै हुलाक वस्तुलाई ठेगानावाला वा सो वस्तु बुझिलिने ठेगानावालाबाट
अख्तियार पाएको वारिसलाई बुझाएपछि सो वस्तु ठेगानावालालाई बुझाएको
मानिनेछ ।