२१.१ कसैले दफा ८ अन्तर्गत प्राधिकरणले नियमित, नियन्त्रण वा निषेध गरेका काम कुराहरू प्राधिकरणको पूर्व स्वीकृति बिना गरेमा वा प्राधिकरणले स्वीकृति दिंदा कुनै शर्त तोकिदिएको भए त्यस्तो शर्त विपरीत हुने गरी गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
२१.२ कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम प्राधिकरणले गरेको वा गर्न लागेको काममा बाधा गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
२१.३ कसैले यो ऐन बमोजिम प्राधिकरणले दिएको आदेश वा निर्देशन विपरीत कुनै काम कारवाही गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
२१.४ कसैले माथि लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली विपरीत अन्य कुनै काम कारवाही गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले एक हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।