You are viewing the translated version of परिभाषा.
Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "अदालत" भन्नाले विशेष अदालत सम्झनु पर्छ।
(ख) "अभियोगपत्र" भन्नाले उजुरी वा आरोपपत्र सम्झनु पर्छ र सो शब्दले पूरक वा थप अभियोगपत्र वा आरोपपत्रलाई समेत जनाउँछ।
(ग) "आयोग" भन्नाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्झनु पर्छ।
(घ) "ऐन" भन्नाले विशेष अदालत ऐन, २०५९ सम्झनु पर्छ।
(छ) "कानून व्यवसायी" भन्नाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० बमोजिम दर्ता भएको कानून व्यवसायी सम्झनु पर्छ।
(च) "पूर्ण बैठक" भन्नाले नियम ६ बमोजिमको अदालतको पूर्ण बैठक (फुलकोर्ट) सम्झनु पर्छ।
(छ) "रजिस्ट्रार" भन्नाले अदालतको रजिस्ट्रार सम्झनु पर्छ।
(ज) "लिखत" भन्नाले अदालतमा दर्ता हुन आएका उजुरी वा आरोपपत्र, पूरक वा थप आरोपपत्र वा अभियोगपत्र, पुनरावेदनपत्र, लिखित प्रतिवाद, लिखित जवाफ, बहसनोट, मुद्दाको कारबाहीको सिलसिलामा र फैसला पश्चात् पर्न आउने विभिन्न विषयका निवेदन, प्रतिवेदन लगायतका कागजात सम्झनु पर्छ।