Section 92
Na
(१) दफा (९३ बमोजिम निवेदन दिने बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता तोकिए बमोजिम हुनेछ।

(२) बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। (३) प्रचलित कानून बमोजिम दर्ता भएको देहायको योग्यता भएको सङ्गठित संस्थालाई मात्र बीमा दलालतथा तेस्रो पक्ष सहजकर्ताको रूपमा कार्य गर्न इजाजत पत्र दिइनेछ:-

(क) प्राधिकरणले तोकिदिए बमोजिम . अधिकृत पूँजी

भएको,

(ख) सङ्गठित संस्थाको व्यवस्थापक भई कार्य गर्ने व्यक्ति बीमा सम्बन्धी काममा चार वर्षको अनुभव प्राप्त गरेको,

(ग) प्राधिकरणले तोकिदिएको अन्य शर्तहरू पूरा गरेको ।

(४) बीमा मध्यस्थकर्ता वा अन्य बीमा प्रदायक सम्बन्धी

अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।