Section 99
Na
(१) कुनै विदेशी बीमा कम्पनीले नेपालमा खोलेको आफ्नो शाखा कार्यालयको निरीक्षण वा अनुगमन गर्नुअघि सो कुराको लिखित जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ।

(२) कुनै विदेशी बीमा कम्पनीले .नेपालमा खोलेको आफ्नो शाखा कार्यालयमा उपदफा (१) बमोजिम निरीक्षण वा अनुगमन गरिसके पछि प्रतिवेदन तयार गरी सोको एक प्रति प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।