Rule 6
किसिम
 (१) कुनै व्यक्ति आफ्ना जग्गाको आँठाको रैकर जग्गाको किसिम खुलाउन
असमर्थ हुन्छ भने निजले आफ्नो विवरणमा किसिम खुलाउन नसकेको कुरा खोली लेखिदिनुपर्छ । त्यसरी आँठाको रैकरको किसिम नखुलेकोमा पछि जाँचबाट ठहर भए
बमोजिम गर्ने गरी हाकिमले त्यस मौजाका अधिकांस जग्गामा लागेको मालपोतसँग
मेल खाने गरी त्यस्ता आँठाका रैकर जग्गाको किसिम कायम गर्नेछ ।
(२) विर्ता जग्गाको किसिम निर्धारित गरी लगत खडा गर्दा हाकिमले–
(क) कुनै भूतपूर्व विर्ता जग्गा सर्भे भई वा नभई किसिम छुट्टिएको रहेछ
भने सोही किसिम कायम गर्नेछ ।
(ख) पोता विर्ता जग्गाको हकमा देहाय बमोजिम गर्नेछ :
(१) रोपनी एकको ने.रु. ।४८ अठचालिस पैसा वा सो भन्दा बढी तिरो लागेकोलाई अवल
(२) रोपनी एकको ने.रु. ।४८ अठचालिस पैसा भन्दा कम ।३२ पैसासम्म तिरो लागेकोलाई दोयम
(३) रोपनी एकको ने.रु. ।३२ बत्तीस पैसा भन्दा कम ।२४ पैसासम्म तिरो लागेकोलाई सीम
(४) रोपनी एकको ।२४ चौबीस पैसा भन्दा कम तिरो लागेकोलाई चाहार (ग) खण्ड (क) वा (ख) मा लेखिए देखि बाहेकको जग्गामा आँठाका रैकर जग्गा सरह किसिम कायम गर्नेछ ।
तर खण्ड (ग) बमोजिम आँठाको रैकर जग्गा जाँची निर्णय हुँदा सो निर्णय बमोजिम गर्ने गरी हाकिमले विवरण पत्रमा लेखील्याएको किसिमलाई कायम मानी लगत खडा गर्नेछ ।