Section 106
नेपाल
.......... बाहिर जान रोक लगाइने: (१) कुनै व्यक्तिले कर दाखिला गर्नुपर्ने मितिभित्र कर दाखिला नगरेमा ०विभागले त्यस्तो व्यक्तिलाई कर दाखिला गर्न सूचना दिएको समय भुक्तानी भएको मितिदेखि ७२ घण्टासम्मका लागि नेपाल सरकारको सम्बन्धित कार्यालयलाई लिखित सूचना दिई सो व्यक्तिलाई देशबाट बाहिर जानबाट रोक्ने आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित समयावधिमा थप गर्नुपर्ने भएमा विभागले सम्बन्धित उच्च अदालतको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको व्यक्तिले कर दाखिला गरेमा वा कर दाखिल गर्ने सम्बन्धमा सन्तोषजनक व्यवस्था गरेको विभागलाई लागेमा उपदफा (१) बमोजिम सम्बन्धित कार्यालयलाई सूचना दिई त्यस्तो आदेश फिर्ता लिन सक्नेछ ।