Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “अग्रिम कर क्ट्री गर्ने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद-१७ बमोजिम अग्रिम कर क्ट्री गर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।
(ख) “अधिकृत” भन्नाले विभागमा रहने दफा ७२ मा उल्लेख भए बमोजिमका महानिर्देशक, उपमहानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत सम्झनु पर्छ ।
(ग) “अन्तिम रुपमा कर क्ट्री हुने भुक्तानी” भन्नाले दफा ९२ मा उल्लेख भए बमोजिम लाभांश, भाडा, लाभ, ब्याज तथा गैरबासिन्दा व्यक्तिलाई गरिएको कर क्ट्री हुनुपर्ने भुक्तानी सम्झनु पर्छ ।
(घ) “अवकाश कोष” भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्झनु पर्छ ।
(ङ) “अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्झनु पर्छः-
(१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिईने भुक्तानी, वा
(२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।
(च) “अवकाश योगदान रकम” भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा : गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्झनु पर्छ ।
(छ) “असक्षम व्यक्ति» भन्नाले शारीरिक वा मानसिक अस्वस्थताको कारणले आफ्नो व्यवहार गर्न सक्षम नभएको व्यक्ति सम्झनु पर्छ ।
(ज) “आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आस्मिक लाभबाट प्राप्त गरेको आय सम्झनु पर्छ र सो शब्दले यस ऐन बमोजिम गणना गरिएको सो आयको कुल रकमलाई समेत जनाउँछ ।
(ज१) “आकस्मिक लाभ” भन्नाले चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी वा अन्य कुनै पनि आकस्मिक रूपमा प्राप्त हुने लाभ सम्झनु पर्छ ।
(झ) “आय वर्ष” भन्नाले कुनै सालको श्रावण एक गते देखि अर्को सालको आषाढ मसान्तसम्मको अवधि सम्झनु पर्छ ।
(ज) “उपहार” भन्नाले कुनै प्रतिफल बिनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्यभन्दा भूक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्झनु पर्छ ।
(ट) “करण दायित्व” भन्नाले त्र्ण दाबी सरहको दायित्व सम्झनु पर्छ ।
(ठ) “क्रण दाबी” भन्नाले कुनै एक व्यक्तिले अर्को व्यक्तिबाट भुक्तानी प्राप्त गर्ने अधिकार सम्झनु पर्छ र सो शब्दले कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई दिएको रकम फिर्ता लिने अधिकार, बैङ्क तथा वित्तीय संस्थाहरुमा जम्मा भएको निक्षेप, लिनुपर्ने रकम, क्रणपत्र, विनिमयपत्र, बण्ड, वार्षिक वृत्ति अन्तर्गतको अधिकार, वित्तीय पट्टा र किस्ताबन्दी बिक्रीबाट रकम प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ ।
(ड) “कम्पनी” भन्नाले प्रचलित कम्पनी कानून बमोजिम संस्थापित कम्पनी सम्झनु पर्छ र कर प्रयोजनको लागि देहायका संस्थाहरु समेतलाई कम्पनी सरह व्यवहार गरिनेछः-
(१) प्रचलित कानून बमोजिम स्थापित सङ्गठित संस्था,
(२) कुनै असङ्गठित सङ्घ, समिति, संस्था वा समाज वा दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साझेदारी बाहेकको व्यक्तिहरुको समूह वा ट्रष्ट,
(३) बीस वा सोभन्दा बढी साझेदारहरु भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको साझेदारी फर्म, अवकाश कोष, सहकारी संस्था, युनिट ट्रृष्ट, संयुक्त उद्यम,
(४) विदेशी कम्पनी,
(५) महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था ।
(ढ) “कर” भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्झनु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछ:-
(१) कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड
(क) मा उल्लिखित खर्चहरु,
(२) अग्रिम कर क्ट्री गर्ने व्यक्ति वा कर क्ट्री हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनुपर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनुपर्ने रकम वा अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले दफा ९५क. बमोजिम बुझाउनुपर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भएअनुसार बुझाउनुपर्ने रकम,
(३) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा
(१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनुपर्ने रकम,
(४) शुल्क तथा ब्याज बापत बुझाउनुपर्ने परिच्छेद-२२ बमोजिमको रकम, र
(५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नुपर्ने दफा १२९ बमोजिमको जरिबाना रकम ।
(ण) “कर क्ट्टी हुने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद-१७ बमोजिम कर क्ट्री गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्झनु पर्छ ।
(त) “कर निर्धारण” भन्नाले यस ऐन बमोजिम गरिने कर निर्धारण सम्झनु पर्छ र सो शब्दले दफा १२२ बमोजिम गरिएको शुल्क तथा ब्याजको निर्धारण समेतलाई जनाउँछ ।
तर यस शब्दले दफा १०१ बमोजिम संशोधित कर निर्धारणले प्रतिस्थापन गरेको साबिकको कर निर्धारणलाई जनाउने छैन ।
(त१) “कारोबार” भन्नाले कुनै आय वर्षको रोजगारी, व्यवसाय वा लगानीको आय गणना गर्ने प्रयोजनको लागि दफा ७,८ वा ९ बमोजिम समावेश गरिने जम्मा रकम बराबरको कारोबार सम्झनु पर्छ ।
(थ) “गैरबासिन्दा व्यक्ति” भन्नाले बासिन्दा व्यक्ति बाहेकको व्यक्ति सम्झनु पर्छ ।
(द) “गैर व्यवसायिक _ करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छः-
(१) व्यवसायिक सम्पत्ति, ह्वासयोग्य सम्पत्ति वा व्यापारिक मौज्दात,
(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन:-
(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
(ख) त्यस्तो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दश वर्ष वा दश वर्षभन्दा बढी बसोबास गरेको, स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “निजी भवन” भन्नाले “भवन, भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ ।
(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,
(४) कुनै प्राकृतिक व्यक्तिको दश लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन वा
(५) तीन पुस्ताभित्र भएको खरिद, बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।
(ध) “छुट पाउने संस्था” भन्नाले देहायका निकाय सम्झनु पर्छ:-
(१) कर छुट पाउने संस्थाको रूपमा विभागमा दर्ता भएका देहाय बमोजिमका निकायः-
(क) नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था,
(ख) सदस्यहरूले लाभ नलिने गरी सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवद्र्धन गर्ने उद्देश्यले गठन भएका अव्यवसायी (एमेच्योर) खेलकूद संस्था,
(२) निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल, तर छुट पाउने संस्थाको उद्देश्यअनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा त्यस्तो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा बापतको कुनै भुक्तानी गर्दा बाहेक त्यस्तो संस्थाको सम्पत्ति र त्यस्तो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पुच्याएको भए त्यस्तो संस्थालाई यस खण्ड बमोजिम कर छुट हुने छैन ।
(न) €ट्रृष्ट” भन्नाले ट्रष्टीले सम्पत्ति धारण गर्ने प्रबन्ध सम्झनु पर्छ।
तर यस शब्दले साझेदारी, सङ्गठित संस्था वा खण्ड (ड) को उपखण्ड (३) बमोजिम उल्लिखित संस्थालाई जनाउने छैन ।
(प) “ट्रष्ट” भन्नाले एक्लै वा. अन्य प्राकृतिक व्यक्ति, गुठी वा अन्य सङ्गठित संस्थासँग मिली संयुक्त रुपमा सम्पत्ति अमानतको रुपमा राख्ने प्राकृतिक व्यक्ति, गुठी वा अन्य सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउँछः-
(१) मृतक व्यक्तिको जायजेथाको सञ्चालनकर्ता वा प्रशासक,
(२) लिक्विडेटर, प्रापक वा ट्रृष्टी,
(३) निजी वा आधिकारिक हैसियतमा असक्षम व्यक्तिको सम्पत्तिको संरक्षक, निर्देशन, नियन्त्रण वा व्यवस्थापन गर्ने कुनै व्यक्ति,
(४) निजी प्रतिष्ठान वा यस्तै प्रतिष्ठान अन्तर्गत सम्पत्तिको व्यवस्थापन गर्ने कुनै व्यक्ति, र
(५) उपखण्ड (१), (२), (३) र (४) मा उल्लिखित व्यक्ति सरहको जस्तै स्थितिमा रहेको अन्य कुनै व्यक्ति ।
(फ) “दीर्घकालीन करार” भन्नाले करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको दफा २६ बमोजिमको करार सम्झनु पर्छ ।
(ब) “नातेदार” भन्नाले प्राकृतिक व्यक्तिको पति, पत्नि, छोरा, छोरी
(धर्मपुत्र, धर्मपुत्री समेत), बाबु, आमा, बाजे, बज्यै, दाजु, भाइ, भाउजू, बुहारी, दिदी बहिनी, सासू ससुरा, साला, जेठान, साली, जेठी सासू, काका, काकी, भतिजा, भतिजी, नाति र नातिनी सम्झनु पर्छ ।
(भ) “निकाय (इन्टिटी)” भन्नाले देहायका सँस्था वा सङ्गठन सम्झनु पर्छः-
(१) साझेदारी, ट्रष्ट वा कम्पनी,
(२) गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समिति,
(३) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह,
(४) कुनै विदेशी सरकार वा सो सरकार अन्र्तगतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धिद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय सङ्गठन, वा
(५) आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको उपखण्ड (१), (२), (३) र (४) मा उल्लेख भएको संस्था वा सङ्गठनको स्थायी संस्थापन ।
(म) “निकायमा रहेको हित” भन्नाले कुनै निकायको आय वा पूँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनु पर्छ ।
(य) “निसर्ग (डिस्पोजल)” भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निसर्ग सम्झनु पर्छ ।
(र) “निहित स्वामित्व” भन्नाले देहायको स्वामित्व सम्झनु पर्छः-
(१) कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक वा बढी मध्यस्थ निकायहरुद्वारा राखेको हितका आधारमा सिर्जित स्वामित्व, वा
(२) कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरुको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व ।
(ल) “पट्टा” भन्नाले कुनै व्यक्तिले अर्को व्यक्तिको नगदी सम्पत्ति बाहेकको -सम्पत्ति प्रयोग गर्ने अस्थायी अधिकार सम्झनु पर्छ र सो शब्दले इजाजतपत्र, भाडा सम्झौता, छनौट, रोयल्टी सम्झौता वा बहालवालाको हक समेतलाई जनाउँछ ।
(व) «प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्झनु पर्छ र यस ऐनको प्रयोजनको लागि सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पती समेतलाई जनाउँछ ।
(श) “प्राकृतिक स्रोत बापतको भुक्तानी” भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्झनु पर्छ:-
(१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्त्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरे बापतको भुक्तानी, वा
(२) जमिनबाट समग्र वा आंशिक रूपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम ।
(ष) “बजार मूल्य” भन्नाले कुनै सम्पत्ति वा सेवाका सम्बन्धमा असम्बन्धित व्यक्तिहरु बीच सामान्य बजार व्यवहारको सिलसिलामा सेवा वा सम्पत्तिको सामान्य कारोबार मूल्य सम्झनु पर्छ ।
(स) “भाडा” भन्नाले घर बहाल समेतका मूर्त सम्पत्तिको बहाल तथा पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झनुपर्छ ।
तर “यस शब्दले प्राकृतिक श्रोत वापत भएको भुक्तानी वा एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्तिले घर बहाल वापत प्राप्त गरेको रकमलाई जनाउने छैन ।
(ह): “भुक्तानी” भन्नाले देहायको काम कारबाही सम्झनु पर्छः-
(१) कुनै एक व्यक्तिको रकम वा सम्पत्ति अर्को
व्यक्तिको नाउँमा र कुनै अर्को व्यक्तिको दायित्व सो व्यक्तिको नाउँमा हस्तान्तरण भएमा,
(२) कुनै एक व्यक्तिबाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जनापछि अर्को व्यक्तिको स्वामित्वमा भएमा वा कुनै एक व्यक्तिको दायित्वको भार अर्को व्यक्तिले वहन गरेमा,
(३) एक व्यक्तिले अर्को व्यक्तिलाई सेवा प्रदान गरेमा,
(४) कुनै एक व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिले प्रयोग गरेमा वा प्रयोगको लागि उपलब्ध भएमा ।
(क्ष) “मुनाफाको वितरण” भन्नाले मुनाफाको पूँजीकरण समेत दफा ५३ बमोजिम भएको कुनै निकायको मुनाफाको वितरण सम्झनु पर्छ ।
(त्र) “यूनिट ट्रृष्ट” भन्नाले कम्तीमा बीसजना व्यक्तिहरुको लाभको लागि ट्रृष्टीले सम्पत्ति धारण गर्ने व्यवस्था भई आय वा पूँजीमा सहभागी हुन पाउने व्यक्तिहरुको अधिकारलाई धारण गरेको इकाईहरुको सङ्ख्याद्वारा निर्धारित आधारमा विभाजन हुने व्यवस्था गरिएको ट्रृष्ट सम्झनु पर्छ ।
(ज्ञ) “रोजगारी” भन्नाले कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्छ ।
(कक) “रोयल्टी” भन्नाले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गत गरिएको कुनै भुक्तानी सम्झनु पर्छ र सो शब्दले देहायका उद्देश्यका लागि गरिने कुनै भुक्तानी समेतलाई जनाउँछ:-
(१) प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन, मोडेल, योजना, गोप्य सूत्र वा प्रक्रिया वा ट्रेडमार्कको प्रयोग वा प्रयोग गर्ने अधिकार राखे,
(२) प्रविधिको ज्ञान प्रदान गर्ने,
(३) चलचित्रजन्य फिल्म, भिडियो टेप, ध्वनी रेकर्डिङ वा कुनै अन्य यस्तै माध्यमको प्रयोग वा प्रयोग गर्ने अधिकार र औद्योगिक, व्यापारिक वा वैज्ञानिक अनुभव प्रयोग गर्ने वा प्रदान गर्ने,
(४) उपखण्ड (१), (२) वा (३) बमोजिमका कुरामा सहायक हुने किसिमले कुनै सहयोग प्रदान गर्ने, वा
(५) उपखण्ड (१), (२), (३) वा (४) बमोजिमका कुराका सम्बन्धमा पूर्ण वा आंशिक बन्देज मान्ने ।
तर यस शब्दले प्राकृतिक स्रोत बापतको भुक्तानीलाई जनाउने छैन ।
(कख) “लगानी” भन्नाले देहाय बमोजिम बाहेक एक वा एकभन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनुपर्छः-
(१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,
(२) रोजगारी वा व्यवसाय ।
तर गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिनेछ ।
(कग) “लगानी बीमा” भन्नाले देहायका कुनै बीमा सम्झनु पर्छः-
(१) बीमित व्यक्ति वा बीमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्यु सम्बन्धी घटनाका हकमा गरिएको बीमा,
(२) बीमित व्यक्ति वा निजको सम्बद्ध व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बीमा,
तर बीमाको बीमा सम्झौता कम्तीमा पाँच वर्षसम्म बहाल रहने वा बहालीको समय सीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरुमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बीमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ ।
(३) कुनै रकम वा श्रृङ्खलाबद्ध रकमहरु भविष्यमा बीमितलाई भुक्तानी हुने गरी गरिएको बीमा,
(४) उपखण्ड (१), (२), वा (३) अन्र्तगतका बीमाको पुनर्बीमा, र
(५) उपखण्ड (४) मा उल्लिखित पुनर्बीमाको पुनर्बीमा ।
(कघ) “लाभांश” भन्नाले निकायबाट हुनेवितरण सम्झनु पर्छ ।
(कङ) “बासिन्दा व्यक्ति” भन्नाले: कुनै आय वर्षका सम्बन्धमा देहायका व्यक्ति सम्झनु पर्छ:-
(१) प्राकृतिक व्यक्तिको सम्बन्धमा,
(क) सामान्य बसोबासको स्थान नेपालमा रहेको,
(ख) अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको, वा
(ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको ।
(२) साझेदारी फर्म,
(३) ट्रृष्टको सम्बन्धमा त्यस्तो ट्रष्ट जुन,-
(क) नेपालमा स्थापना भएको,
(ख) ट्रृष्टको ट्रृष्टी आय वर्षमा बासिन्दा व्यक्ति भएको, ण्वा,
(ग) ट्रृष्टलाई आय वर्षमा बासिन्दा व्यक्ति वा निज संलग्न भएको व्यक्तिहरुको समूहले प्रत्यक्ष वा एक वा बढी मध्यस्थ निकाय (इन्टरपोज्ड इन्टिटी) हरुको माध्यमद्वारा नियन्त्रण गरेको ।
(४) कम्पनीको सम्बन्धमा त्यस्तो कम्पनी जुन,-
(क) नेपालको कानून अन्तर्गत संस्थापित भएको, ण्वा,
(ख) कुनै आय बर्षमा नेपालमा सो कम्पनीको व्यवस्थापन प्रभावकारी रहेको ।
(४क) नेपाल सरकार वा प्रदेश सरकार,
(५) गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समिति,
(६) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय ण्वा स्थानीय सरकारको त्यस्तो निकायको सम्बन्धमा जुन,-
(क) नेपालको कानून अन्तर्गत स्थापित भएको, वा
(ख) कुनै आय वर्षमा नेपालमा त्यस्तो निकायको व्यवस्थापन प्रभावकारी रहेको ।
(७) कुनै सन्धि सम्झौता अन्तर्गत स्थापित संस्था वा निकाय,र
(८) गैरबासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापन ।
(कच) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति वा निकाय सम्झनु पर्छ ।
(कछ) “व्यवस्थापक” भन्नाले कुनै निकायको व्यवस्थापकीय निर्णयहरु गर्ने काममा संलग्न हुने व्यक्ति सम्झनु पर्छ र सो शब्दले कुनै ट्रष्टको ट्रृष्टी र विदेशी स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्ति समेतलाई जनाउँछ ।
(कज) “व्यवसाय” भन्नाले कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायहरुलाई समेत जनाउँछ ।
तर यस शब्दले रोजगारीलाई जनाउने छैन ।
(कझ) “ब्याज” भन्नाले देहायका भुक्तानी वा लाभ सम्झनु पर्छ:-
(१) साँवा बाहेक क्रण दायित्व अन्तर्गतको भुक्तानी,
(२) छुट, ०क्रण दायित्व अन्तर्गतको छुट, प्रिमियम, अदलबदल भुक्तानी वा त्यस्तै भुक्तानीको माध्यमबाट प्राप्त गरिएको लाभ,र
(३) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिने भुक्तानीमध्ये ब्याजको रुपमा लिइने दफा ३२ बमोजिमका रकमहरु ।
(कज) “व्यापारिक मौज्दात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामग्रीहरुको मौज्दात सम्झनु पर्छ ।
तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउने छैन ।
(कट) “व्यावसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्झनु पर्छ ।
तर यस शब्दले व्यापारिक मौज्दात “वा. व्यवसायको हासयोग्य सम्पत्तिलाई जनाउने छैन ।
(कठ) “बितरण” भन्नाले दफा ५३ मा उल्लेख भए बमोजिम कुनै निकायबाट हुने वितरण सम्झनु पर्छ ।
(कठ१) “विद्युतीय माध्यम” भन्नाले कम्प्यूटर, फयाक्स, इमेल, इन्टरनेट, विद्युतीय क्यास मेशिन, फिस्कल प्रिन्टर सम्झनु पर्छ र सो शब्दले विभागले तोकेका अन्य स्वीकृत माध्यमलाई समेत जनाउँछ ।
(कड) “विदेश पठाएको आय” भन्नाले गैरबासिन्दा व्यक्तिको नेपालस्थित दफा ६८ बमोजिमको विदेशी स्थायी संस्थापनले विदेश पठाउनुपर्ने आय बैङ्क मार्फत विदेश पठाएको बा अन्य कुनै पनि तरिकाले भुक्तानी गरेको रकम सम्झनु पर्छ ।
(कढ) “विदेशी आयकर” भन्नाले कुनै विदेशी मुलुकले लगाएको दफा ६९ को उपदफा (८) मा उल्लिखित विदेशी आयकर सम्झनु पर्छ र सो शब्दले कुनै विदेशी मुलुकले लगाएको अन्तिम रुपमा कट्टी हुने कर समेतलाई जनाउँछ ।
(कण) “विदेशी स्थायी संस्थापन” भन्नाले खण्ड (भ) को ००उपखण्ड
(५) बमोजिमको निकाय सम्झनु पर्छ ।
(कत) “विभाग” भन्नाले आन्तरिक राजस्व विभाग सम्झनु पर्छ ।
(कथ) “वैदेशिक मुद्रामा रहेको सम्पत्ति” भन्नाले नेपाली रुपैयाँ बाहेक अन्य विदेशी मुद्रामा रहेको सम्पत्ति सम्झनु पर्छ ।
(कद) “स्थायी संस्थापन” भन्नाले कुनै व्यक्तिले पूर्ण वा आंशिक रुपमा व्यवसाय सञ्चालन गर्ने स्थान सम्झनु -पर्छ र सो शब्दले देहायका स्थान समेतलाई जनाउँछः-
(१) व्यवसाय सञ्चालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिक रुपमा व्यवसाय गर्ने स्थान,
(२) कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेशिनरी रहेको वा प्रयोग गरेको वा जडान गरेको स्थान,
(३) कुनै बाह्र महिनाको अवधिमा एकै पटक वा पटक पटक गरी नब्बे दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारी मार्फत वा अन्य प्रकारले प्राविधिक, व्यावसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको एक वा एकभन्दा बढी स्थान, वा
(४) कुनै व्यक्तिले नब्बे दिन वा सोभन्दा बढी समयसम्म निर्माण गर्ने, जडान गर्ने वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा सो आयोजनाको सुपरिवेक्षण सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरेको स्थान ।
(कध) “सम्पत्ति” भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको बिदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलाई जनाउँछ ।
(कन) “सम्बद्ध व्यक्ति” भन्नाले एक अर्को व्यक्तिको: मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिहरुको समूह सम्झनु पर्छ र सो शब्दले देहायका व्यक्तिहरु समेतलाई जनाउँछः-
(१) प्राकृतिक व्यक्ति र सो-व्यक्तिको नातेदार वा कुनै व्यक्ति वा सो व्यक्तिको साझेदार,
(२) विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको व्यक्ति,र
(३) कुनै निकाय आफै वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय । तर देहायका व्यक्ति सम्बद्ध व्यक्ति हुने छैनः- (१) कर्मचारी,
(२) बिभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति ।
(कन१) “समायोजित करयोग्य आय” भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको कर योग्य आयको गणना गर्दा दफा १२, १२क., १२ख. र १२ग. बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ ।
(कप) “साझेदारी” भन्नाले बीसजनाभन्दा कम साझेदार भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको फर्म सम्झनु पर्छ ।
तर यस शब्दले दर्ता भएको: वा नभएको एकलौटी फर्म वा संयुक्त उद्यमलाई जनाउने छैन ।
(कफ) “सामान्य बीमा” भन्नाले लगानी बीमा बाहेकका बीमा सम्झनु पर्छ ।
(कब) “सामान्य ब्याज दर” भन्नाले वार्षिक पन्ध्र प्रतिशतको ब्याजको दर सम्झनु पर्छ ।
(कभ) “स्वीकृत अवकाश कोष” भन्नाले दफा ६३ को उपदफा
(१) बमोजिम बिभागबाट स्वीकृति प्राप्त गरेको अवकाश कोष सम्झनु पर्छ ।
(कम) “सेवा शुल्क” भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवा बापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शब्दले ७ बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।
(कय) “शेयरवाला” भन्नाले कुनै कम्पनीको हिताधिकारी व्यक्ति सम्झनु पर्छ ।
(कर) “ह्वासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुँदै गएको वा समय व्यतित् हुँदै गएको कारणबाट मूल्यमा हवास हुने सम्पत्ति सम्झनु पर्छ ।
तर यस शब्दले व्यापारिक मौज्दातलाई जनाउने छैन ।
(कल) “हिताधिकारी” भन्नाले ००कनै निकायमा खण्ड (म) बमोजिमको हित भएको व्यक्ति सम्झनु पर्छ ।
(कव) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।