Rule 2
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले पशु वधशाला र मासु जाच ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “विभाग” भन्नाले नेपाल सरकारको पशु सेवा विभाग सम्झनु पर्छ ।
(ग) "कार्यालय" भन्नाले प्रदेश सरकार मातहतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा पशु सेवा कार्यालय सम्झनु पर्छ र सो शब्दले प्रदेश सरकारको पशु सेवा हेर्ने जिल्लास्तरको कार्यालयलाई समेत जनाउँछ।

(घ) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।