Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ ।
(ख) “निकुञ्ज” भन्नाले सगरमाथा राष्ट्रिय निकुञ्ज, लामटाङ राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शे–फेक्सुण्डो राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज वा नेपाल सरकारले ऐन अन्तर्गत घोषित गरेको अन्य हिमाली राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ।
(ग) “संरक्षक (वार्डेन)” भन्नाले निकुञ्जको प्रशासनको अभिभारा भएको नेपाल सरकारको मुख्य अधिकृत सम्झनु पर्छ ।
(घ) “सहायक संरक्षक (असिष्टेण्ट वार्डेन)” भन्नाले निकुञ्जको सहायक संरक्षक सम्झनु पर्छ ।
(ङ) “स्थानीय व्यक्ति” भन्नाले निकुञ्जको क्षेत्रले घेरिएको तर निकुञ्ज क्षेत्र भनी घोषित नभएको बीच बीचको गाउँमा स्थायी बसोबास गरेको व्यक्ति सम्झनु पर्छ ।