Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
  • “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ ।
  • विभाग” भन्नाले नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्झनु पर्छ ।
  • “संरक्षण क्षेत्र” भन्नाले ऐनको दफा ३ बमोजिम नेपाल सरकारले घोषणा गरेको संरक्षण क्षेत्र सम्झनु पर्छ ।
  • “संस्था” भन्नाले ऐनको दफा १६ख. बमोजिम नेपाल सरकारले कुनै संरक्षक क्षेत्रको व्यवस्थापनको लागि सुम्पिएको संस्था सम्झनु पर्छ ।
  • “प्रधान कार्यालय” भन्नाले नियम ४ बमोजिम स्थापित संरक्षक क्षेत्रको प्रधान कार्यालय सम्झनु पर्छ ।
  • “प्रमुख” भन्नाले नियम ४ को उपनियम (२) बमोजिम नियुक्त भएको प्रधान कार्यालय सम्झनु पर्छ ।
  • “कार्यालय” भन्नाले नियम ६ बमोजिम स्थापित इलाका संरक्षण कार्यालय सम्झनु पर्छ ।
  • “संरक्षण अधिकृत” भन्नाले नियम ६ को उपनियम (२) बमोजिम नियुक्त भएका कार्यालयको प्रमुख सम्झनु पर्छ ।
  • ” समिति” भन्नाले नियम ८ बमोजिम गठित संरक्षण क्षेत्र व्यवस्थापन समिति सम्झनु पर्छ ।
  • “व्यवस्थापन कार्य योजना” भन्नाले नियम १५ बमोजिम स्वीकृत व्यवस्थापन कार्य योजना सम्झनु पर्छ ।