Section 2
परिभाषाः

२.१ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
२.१.१. “संस्थान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल खानेपानी संस्थान सम्झनु पर्छ ।
२.१.२ “समिति” भन्नाले दफा ८ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।
२.१.३ “अध्यक्ष” भन्नाले दफा ११ बमोजिम तोकिएको वा नियुक्त भएको संस्थानको अध्यक्ष सम्झनु पर्छ ।
२.१.३क “संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झनु पर्छ ।
२.१.३ख “सेवा प्रणाली” भन्नाले खानेपानी सेवा उपलब्ध गराउनको लागि निर्माण गरिएको जलाशय, त्यस्तो जलाशयमा जडान भएकोे पानी प्रशोधन वा शुिद्धकरण प्लाण्ट, पानी आपूर्ति गर्न जडान भएको पाइप वा फोहर पानी शुद्धिकरण गर्ने प्लाण्ट, ढल निकासको व्यवस्था गर्नको लागि निर्माण गरिएको ढल निकास प्रणाली, उपकरण वा यस्तै प्रकृतिका अन्य संरचना सम्झनु पर्छ र सो शब्दले खानेपानी सेवा वा ढल निकास सेवासँग आवद्ध भएको घर वा जग्गा समेतलाई जनाउँछ ।
२.१.३ग “बोर्ड” भन्नाले खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०६३ बमोजिम स्थापना भएको बोर्ड सम्झनु पर्छ ।
२.१.४ “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम संझनु पर्छ ।