१९.१ उपदफा १८.१.१ विपरीत काम कारबाही गर्ने गराउनेलाई बिगो असुल गरी दश हजार रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
१९.१क.उपदफा १८.१.२ विपरित काम कारवाही गर्ने गराउनेलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
१९.२ देहायको काम कारबाही गर्ने गराउनेलाई संस्थानले वा संस्थानले तोकेको दफा १० बमोजिमको कुनै उपसमितिले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ ः–
१९.२.१ उपदफा १८.१.२ विपरीत काम कारबाही गर्ने गराउनेलाई दश हजार रूपैयाँसम्म जरिवाना,
१९.२.२ उपदफा १८.१.३ विपरीत काम, कारबाही गर्ने गराउनेलाई पाँच हजार रूपैयाँसम्म जरिवाना,
१९.२.३ उपदफा १८.१.५ वा १८.१.६ विपरीत काम कारबाही गर्ने गराउनेलाई तीन हजार रूपैयाँसम्म जरिवाना,
१९.२.४ उपदफा १८.१.७ विपरीत काम कारबाही गर्ने गराउनेलाई दुई हजार रूपैयाँसम्म जरिवाना,
१९.२.५ उपदफा १८.१.८ वा १८.१.९ विपरीत काम कारबाही गर्ने गराउनेलाई त्यस्तो चोरिएको, बिग्रिएको वा नाशिएको सामानको बिगो बमोजिम जरीवाना गरी थप दुई हजार रूपैयाँसम्म जरिवाना,
१९.२.६ उपदफा १८.१.४ वा १८.१.१० विपरीत काम कारबाही गर्ने गराउनेलाई एक हजार रूपैयाँसम्म जरिवाना,
१९.२.७ माथि लेखिएदेखि बाहेक कसैले यो ऐन र यस ऐन अन्तर्गत बनेको विनियम विपरीत हुने गरी कुनै काम कारबाही गर्ने गराउनेलाई कसूरको प्रकृति हेरी एक हजार रूपैयाँसम्म जरिवाना ।
१९.३ उपदफा १८.१.११ विपरीतको कार्य गर्ने गराउनेलाई संस्थानले पाँच हजार रूपैयाँसम्म जरिवाना गरी त्यस्तो निर्माण कार्य संस्थानले आफैँ भत्काउन वा सो बनाउने व्यक्तिलाई नै भत्काउन लगाउन सक्नेछ । संस्थानले नै भत्काउनु परेमा सो भत्काउदा लागेको खर्च संस्थानले सम्बन्धित व्यक्तिसँग असूल उपर गर्नेछ ।