प्रस्तावना 0
प्रस्तावना
ः स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारको
संरक्षण गर्न, वातावरणीय प्रदूषण वा ह्वासबाट हुने क्षति बापत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति
उपलब्ध गराउन, वातावरण र विकासबीच समुचित सन्तुलन कायम गर्न, प्रकृति, वातावरण र
जैविक विविधतामा पर्ने प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरण गर्न तथा जलवायु परिवर्तनको
चुनौतीलाई सामना गर्नको लागि वातावरण संरक्षण सम्बन्धी प्रचलित कानूनलाई संशोधन र
एकीकरण गर्न वाञ्छनीय भएकोले,
सङ्घीय संसदले यो ऐन बनाएको छ।