दफा १८घ
अतिरिक्त समूह
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सामान्य प्रशासन मन्त्रालयमा एक अतिरिक्त समूह रहनेछ ।
(२) कुनै पनि कार्यालयमा फाजिलमा रहेका निजामती कर्मचारीहरूको पदाधिकार उपदफा (१) बमोजिमको समूहमा सार्न सकिनेछ ।
(३) कुनै पनि निजामती कर्मचारीलाई दुई महिनाभन्दा बढी अवधिसम्म अतिरिक्त समूहमा राख्दा दफा १८ख. को विपरीत नहुने गरी राख्नुपर्नेछ ।
(४) अतिरिक्त समूहसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।