नियम ६१
अध्ययन विदा
(१) निजामती सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा
सम्बन्धित मन्त्रालयको स्वीकृति लिई खुल्ला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगितामा छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने निजामती कर्मचारीले अध्ययन अवधिभर अध्ययन विदा पाउन सक्नेछ ।
(१क) सेवा, समूह, उपसमूहलाई उपयोगी र आवश्यक हुने कुनै विषयमा स्वदेश स्थित कुनै विश्वविद्यालय वा त्यस
अन्र्तगतको कुनै अध्ययन संस्थान वा संकायबाट प्राप्त छात्रवृत्ति वा कोटामा वा नेपाल सरकारको खर्चमा अध्ययनको लागि मनोनयन
गर्न सम्बन्धित निकायले सिफारिस गरी पठाएकोमा ऐनको दफा ४०ख. को उपदफा (३) को समितिबाट स्वीकृत भएमा त्यस्ता
निजामती कर्मचारीलाई सो अध्ययन अवधिभर अध्ययन विदा दिन सकिनेछ ।
(१ख) आीफु कार्यरत सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा विभिन्न मुलुक वा नेपाल सदस्य
रहेका अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी नेपाल सरकारको पूर्व स्वीकृत लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा
अध्ययन वा तालीममा सहभागि हुने अवसर पाएका निजामती कर्मचारीलाई समेत उपनियम (१) बमोजिम मनोनयन गरी अध्ययनको
लागि अध्ययन विदा र तालीमको लागि तालीम काज दिन सकिनेछ ।
(२) निजामती कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन विदा पाउनेछ ।
तर नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा अध्ययन विदाको अवधिमा दुई वर्षसम्म थप गर्न सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन विदा लिई गएको
निजामती कर्मचारीलाई थप विषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नको निमित्त अध्ययन विदा थपिने छैन तथा असाधारण
विदा पनि दिइने छैन ।
(३क) अध्ययन विदा लिएको कर्मचारीले प्रत्येक छ महिनामा आफुले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिहेको प्रमाण
सहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र निजामती कितावखानामा
पठाउनु पर्नेछ ।
(४) अध्ययन विदामा बस्दा निजामती कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) सम्बन्धित सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी प्रयासमा
स्वदेशमा तथा विदेशमा अध्ययन गर्न जाने निजामती कर्मचारीलाई उपनियम (२) बमोजिम अध्ययन विदा दिन सकिनेछ । उपनियम
(४) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस्तो अध्ययन विदामा बस्ने निजामती कर्मचारीले तलब पाउने छैन ।
(६) तीन वर्ष सरकारी सेवा अवधि नपुगी कुनै पनि निजामती कर्मचारीले अध्ययन विदा पाउन सक्ने छैन ।
स्पष्टीकरण :- यस नियमावली बमोजिम कुनै निजामती कर्मचारीले गरेको अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना भएको
रहेछ भने यस उपनियमको प्रयोजनको लागि सो अस्थायी सेवा अवधि समेत गणना गरिनेछ ।
(७) कुनै योजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नको निमित्त अत्यावश्यक भएको तालीम प्राप्त गर्नको लागि नेपाल सरकारले
कुनै निजामती कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालीम अवधिभर निजलाई काजको रुपमा पठाइनेछ र सो अवधिभर
निजलाई पूरा तलब दिइनेछ ।
तर यस प्रकारको काज तालीमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि निजामती कर्मचारीलाई शैक्षिक उपाधि हासिल गर्न
पठाउदा तालीम काज दिइने छैन ।
(८) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन विदा लिएको निजामती कर्मचारीले पूर्व स्वीकृति विना सो शैक्षिक
संस्था परिवर्तन गर्न पाउने छैन । यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक संस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन
विदा स्वतः रद्द हुनेछ र सो विदाको अवधि असाधारण विदामा परिणत हुनेछ । यसरी विदा रद्द भएको विवरण सम्बन्धित निकायले
सामान्य प्रशासन मन्त्रालय र निजामती किताबखानामा पठाउनु पर्नेछ ।
(९) यस नियम बमोजिम अध्ययनको लागि एक पटक वेतलवी अध्ययन विदा स्वीकृत भई सके पछि सो विदाको अवधिलाई
तलवी अध्ययन विदामा परिणत गरिने छैन ।