नियम २८
बढुवा
(१) विशेषज्ञ पदमा रहेको निजामती कर्मचारीको बढुवाको लागि सिफारिस गर्दा बढुवा समितिले कार्य क्षमताको आधारमा
गर्नेछ ।
(२) बढुवा समितिले कार्य क्षमताको मूल्याङ्कन गर्दा यस सम्बन्धमा निर्धारित मापदण्डको आधारमा गर्नेछ र यस्को लागि
आवश्यक ठानेमा विशेषज्ञ समिति गठन गर्न सक्नेछ ।
(३) विशेषज्ञ पदमा रहेको निजामती कर्मचारीलाई माथिल्लो श्रेणीमा बढुवा गर्दा कर्मचारी बहाल रहेको पदलाई नै उपयुक्त दर्जा
राखी माथिल्लो श्रेणीमा परिणत गरिनेछ । यसरी परिणत गरिएको पद रिक्त भएपछि स्वतः शुरु नियुक्ति हुने पदमा कायम हुनेछ ।
(४) विशेषज्ञ पदमा रहेको निजामती कर्मचारी कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने अन्य कुनै पनि बढुवाको लागि उम्मेदवार हुन
सक्ने छैन ।
(५) एक श्रेणीबाट अर्को श्रेणीमा बढुवा हुन बहाल रहेको श्रेणीको पदमा पांच वर्ष सेवा अवधि पुगेको हुनु पर्नेछ ।