दफा ७१
अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा जनाउन लगाउन (नोट गराउन) सकिने
विनिमेय अधिकारपत्र भुक्तानी दिन इन्कार गरी वा स्वीकार नगरी अनादर भएमा धारकले सो कुरा मनासिब समयभित्र नोटरी पब्लिक समक्ष उजूर गरी सो पत्र वा त्यससाथ संलग्न कागजमा अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा जनाउन लगाउन (नोट गराउन) सक्नेछ । यसरी जनाउन लगाउँदा अनादर भएको दिन र अनादर भएको कारण उल्लेख गर्नुपर्नेछ र विनिमेय अधिकारपत्र स्पष्ट रूपमा अनादर गरिएको नभई धारकले अनादर भएको मान्नाको कारण भएमा सो समेत स्पष्ट उल्लेख हुनुपर्नेछ ।