दफा ७०
अनादरको सूचना दिननपर्ने अवस्था
देहायको कुनै अवस्थामा अनादरको सूचना दिनु पर्ने छैनः– (क) सूचना पाउनुपर्ने पक्षले आफ्नो व्यवहारद्वारा सूचना दिन नपर्ने गरेमा, (ख) ड्रअरले भुक्तानी रोक्का गरेमा, (ग) सूचना नगरेको कारणबाट पक्षलार्ई कुनै नोक्सानी नहुने भएमा, (घ) स्वीकार गर्ने व्यक्ति आफैं ड्रअर भएमा, (ङ) विनिमेय गर्न नसकिने प्रतिज्ञापत्र भएमा, (च) सूचना पाउनुपर्ने पक्षले भर मग्दुर खोज्दा पनि फेला नपरेमा वा सूचना दिनुपर्ने व्यक्तिले आफ्नो गल्तीले बाहेक अन्य कुनै कारणवश सूचना दिन नसक्ने भएमा, (छ) सूचना पाउनुपर्ने पक्षले अनादर भएको कुरा थाहा पाउँदा पाउँदै विनिमेय अधिकारपत्रको रकम बिना शर्त भुक्तानी दिन कबुल गरेमा ।