दफा ६७
अनादरको सूचना दिने तरीका
अनादरको सूचना जुन व्यक्तिलार्ई दिनुपर्ने हो, निजलार्ई वा निजको अधिकार प्राप्त अभिकर्तालार्ई वा निजको मृत्यु भएमा निजको हकवालालार्ई मौखिक वा लिखित रूपमा  दिन सकिनेछ । लिखित रूपमा सूचना दिंदा हुलाकद्वारा रजिष्टरी गरी जुनसुकै ढाँचामा दिन सकिनेछ । यस्तो सूचना विनिमेय अधिकारपत्र अनादर भएको कुराको अतिरिक्त सूचित गरिएको व्यक्ति कुन रूपमा उत्तरदायी हुने हो सो कुरा समेत स्पष्ट खुलार्ई मनासिब समयभित्र निजको कारोबार गर्ने वा बसोबास गर्ने स्थानमा दिनुपर्छ । हुलाकद्वारा रीतपूर्वक पठाएको सूचना कुनै कारणवश सम्बन्धित व्यक्ति कहाँ नपुगेमा सूचना नपठाएको भन्ने मानिने छैन ।