दफा ९
अरू कुनै नाउँबाट भोगेको जग्गा सम्बन्धी व्यवस्था
(१) कुनै व्यक्ति वा निजको परिवारले आफैंले भोग गर्ने मनसायले अरू व्यक्ति खडा गरी आफ्नोे जग्गा रजिष्टे«शन पास गरी वा अरू कुनै व्यहोराबाट हक छाडी दिई वा अरू व्यक्तिको नाउँमा कुनै व्यहोराबाट कुनै जग्गा प्राप्त गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो जग्गा आफैंले भोग गरेको रहेछ भने त्यस्तो जग्गा समेत निजकै साथमा कायम रहेको सरह मानी दफा ७ लागू हुनेछ ।
(२) कुनै जग्गावालाले उपदफा (१) बमोजिमको जग्गाका सम्बन्धमा दफा १३ बमोजिम पेशगर्नु पर्ने फाँटवारी सो दफा बमोजिमको म्यादभित्र पेश गरेमा सो जग्गा निजको नाउँमा कायम गरी यस ऐन बमोजिम कारवाई गरिनेछ ।
(३) उपदफा (१) बमोजिमको जग्गाका सम्बन्धमा कुनै जग्गावालाले दफा १३ बमोजिम पेश गर्नुपर्ने फाँटवारी सो दफा बमोजिमको म्यादभित्र पेश नगरी सो जग्गाको दर्तावालाले जग्गा निजको नाउँमा दर्ता रहे तापनि वास्तविक जग्गावाला अर्कै हो भनी जग्गावाला देखाई दफा १३ बमोजिमको विवरण पेश गरेमा त्यस्तो जग्गामा सो जग्गावालाको सबै हक समाप्त हुनेछ र त्यसमा दर्तावालाकै हक कायम गरी यस ऐन बमोजिम कारवाई गरिनेछ ।
(४) उपदफा (२) बमोजिम जग्गावालाले वा उपदफा (३) बमोजिम दर्तावालाले विवरण पेश नगरी अरू कुनै व्यक्तिबाट सो कुरा थाहा हुन आएमा तोकिएको अधिकारीको आदेश बमोजिम त्यस्तो जग्गा जफत भई सो जग्गा नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
(५) … … …
(६) उपदफा (४) बमोजिम तोकिएको अधिकारीबाट जग्गा जफत हुने गरी भएको निर्णय अन्तिम भएमा तोकिएको अधिकारीले जफत भएको जग्गाको तोकिएको दरले हुन आउने मोलको पच्चीस प्रतिशत बराबरको रकम पुरस्कार बापत सो उपदफा बमोजिम जानकारी दिने व्यक्तिलाई दिनेछ ।