दफा ५१ख
असामीबाट ऋणको फाँटवारी आएकोमा त्यस्तो ऋण असामीले पाउने
दफा ४४ वा ५० बमोजिम ऋणको फाँटवारी दाखिल गर्नुपर्ने कर्तव्य भएको कुनै साहूले सो बमोजिम फाँटवारी दाखिल नगरी त्यस्तो फाँटवारी सम्बन्धित किसानबाट भै दफा ४६ बमोजिम ऋण प्राप्त भएमा साहूको त्यस्तो ऋण र त्यस्को वार्षिक सयकडा पाँचका हिसाबले व्याज समेत पाँचवर्ष पछि असामीलाई एकमुष्ट फिर्ता दिइनेछ ।