दफा ४८
असुल गरिएको ऋणको सम्बन्धमा
 (१) यस परिच्छेद बमोजिम ऋण असुल गर्न समिति, संस्था वा अधिकारीले दफा ४४, दफा ४६, र दफा ४७ अन्तर्गत किसानहरूबाट असुल गरी लिएको ऋणको साँवा र व्याज र साँवाको तोकिए बमोजिमको व्याज समेत लगाई सम्बन्धित व्यक्तिलाई तोकिए बमोजिमको शर्त र तरीका अनुसार बुझाउनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था नभएसम्म त्यस्तो ऋण वा त्यसको व्याजमा साहूले असामीलाई पक्रन पाउनेछैन ।