दफा
इजाजतपत्र सम्बन्धी व्यवस्था
: (१) बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न चाहने देहाय बमोजिमको योग्यता भएको कम्पनीले तोकिएको निवेदन दस्तुर सहित विभागमा निवेदन दिनु पर्नेछ ः-
(क) कम्पनीको नाउँमा कम्तीमा एककरोड रुपैयाँ चुक्ता पूँजी भएको,
(ख) नेपाल राज्य बाहिर कम्तीमा दुईवटा मुलुकमा आफ्नो कम्पनीको शाखा, आधिकारिक एजेण्ट वा प्रतिनिधि रहेको,
(ग) तोकिए बमोजिमको जनशक्ति, भौतिक सम्पत्ति तथा अन्य व्यवस्थापकीय क्षमता भएको ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन छानबिन गर्दा निवेदकलाई बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र दिन मनासिब देखिएमा विभागले इजाजतपत्र बापत पच्चीस हजार रुपैयाँ दस्तुर लिई निवेदन परेको साठी दिनभित्र इजाजतपत्र दिनेछ ।
(३) उपदफा (२) बमोजिम छानबिन गर्दा निवेदकको माग बमोजिम इजाजतपत्र दिन नमिल्ने देखिएमा सोको कारण खुलाई विभागले निवेदकलाई निवेदन परेको साठी दिनभित्र जानकारी गराउनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम प्रदान गरिएको इजाजतपत्रको अवधि पाँच वर्षको हुनेछ । सो अवधि समाप्त भएपछि इजाजतपत्रवालाले इजाजतपत्र नवीकरण गर्न चाहेमा तोकिएको दस्तुर विभागमा बुझाई इजाजतपत्र नवीकरण गर्न सक्नेछ ।