दफा २०
उजुरी तथा छानबिन्‌
(१) प्रत्यायन प्रमाणपत्रप्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, कार्यविधि, मापदण्ड वा केन्द्रबाट निर्धारित शर्त विपरीत हुने गरी कुनै कार्य गरेको थाहा पाएमा जोसुकैले केन्द्रमा उजुरी दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम उजुरी परेमा केन्द्रले सो सम्बन्धमा तत्काल छानबिन शुरू गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम छानबिन गर्दा उजुरीको व्यहोरा मनासिब देखिएमा केन्द्रले सम्बन्धित संस्था उपर यस ऐन बमोजिम कारबाहीको प्रक्रिया प्रारम्भ गर्नु पर्नेछ। (४) उजुरी तथा छानबिन सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।