दफा ४२
उपसमिति वा कार्यदल गठन गर्न सक्ने
(१) परिषद् वा समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने कुनै कार्य सम्पादन गर्नको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) यस दफा बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यावधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत परिषद् वा समितिले तोके बमोजिम हुनेछ।
(२) यस दफा बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यावधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत परिषद् वा समितिले तोके बमोजिम हुनेछ।