दफा १३
उपाध्यक्षको काम, कर्तव्य र अधिकार
(१) उपाध्यक्ष आयोगमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(२) उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ –
(क) उपाध्यक्षको हैसियतले आयोगसँग सम्बन्धित काम गर्ने,
(ख) अध्यक्ष विदामा बसेको वा नरहेको वा काजमा रहेको अवस्थामा अध्यक्षले गर्नु पर्ने काम गर्ने,
(ग) अध्यक्षले तोकेको काम गर्ने ।