दफा १५
सचिव

(१) आयोगको सचिवको रूपमा काम गर्न आयोगमा एकजना नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको अधिकृत रहनेछ ।
(२) सचिवकोे काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः –
(क) आयोगको प्रशासकीय प्रमुखको रूपमा काम गर्ने,
(ख) आयोगको प्रशासकीय काम कारबाहीलाई व्यवस्थित गर्ने गराउने,
(ग) प्रचलित कानून बमोजिम विभागीय प्रमुखको हैसियतले गर्नु पर्ने काम गर्ने,
(घ) अध्यक्षको निर्देशनमा आयोगको बैठक बोलाउने,
(ङ) आयोगको निर्णय कार्यान्वयन गर्ने, गराउने ।