दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आयोग” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल कानून आयोग सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ ।
(ग) “उपाध्यक्ष” भन्नाले आयोगको उपाध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष, उपाध्यक्ष, मानार्थ सदस्य र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ङ) “सचिव” भन्नाले आयोगकोसचिव सम्झनु पर्छ ।