दफा २८
बचाउ

(१) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको नेपाल कानून सुधार आयोग यसै ऐन बमोजिम गठन भएको मानिनेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको नेपाल कानून सुधार आयोगबाट भए गरेका काम कारबाहीहरू यसै ऐन बमोजिमको आयोगले गरेको मानिनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल कानून सुधार आयोगमा कार्यरत अध्यक्ष तथा उपाध्यक्ष निज नियुक्ति हुँदा तोकिएको अवधिसम्म बहाल रहनेछन् ।