दफा ५१क
ऋण असुली सम्बन्धी सुविधा पाउने
नेपाल कानुनबमोजिम गठित कुनै सहकारी संस्था, बैंक वा तोकिएको औद्योगिक कम्पनीले किसानसंग उठाउन, भराउन वा फिर्ता लिनुपर्ने जुनसुकै ऋणको साँवा र व्याज सोझै उठाउन, भराउन वा फिर्ता लिन यस परिच्छेदका कुनै कुराले बाधा पु¥याउने छैन र त्यस्तो सहकारी संस्था, बैंक वा तोकिएको औद्योगिक कम्पनीले दफा ४४ बमोजिम ऋणको फाँटवारी दाखिल गर्नुपर्ने छैन ।